कार्गो रेल सेवाले सुनसरी मोरङ औद्योगिक क्षेत्रमा उत्साह
clickmandu.com · Tue Jul 21 07:08:06 GMT 2026

विराटनगर । कार्गो रेलमार्फत कोलकाताबाट विराटनगरको भन्सार यार्डसम्म भारतसहित तेस्रो मुलुकबाट औद्योगिक कच्चा पदार्थ र व्यापारिक सामान ढुवानी गर्न पाउने सुविधा थपिएसँगै सुनसरी मोरङ औद्योगिक क्षेत्रमा उत्साह बढेको छ ।
कार्गो रेलमार्फत औद्योगिक कच्चा पदार्थ ढुवानी गर्दा ट्रक र कन्टेनरको तुलनामा झण्डै ३५ देखि ४० प्रतिशतसम्म ढुवानी लागत घट्ने र उद्योगको उत्पादन लागत पनि घटेर उपभोक्तालाई राहत पुग्ने यहाँका उद्योगीको बुझाइ छ ।