निर शाह निर्देशित ‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो संजीवनी’
kalakarmi.com · Tue Jul 21 07:14:46 GMT 2026

काठमाडौं- वरिष्ठ कलाकार तथा निर्देशक निर शाह निर्देशित नेपाली फिल्म ‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक गरिएको छ । साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’बाट प्रेरित यस फिल्मको प्रदर्शनअघि निर्माण टिमले गीत दर्शकमाझ ल्याएको हो ।
सार्वजनिक गीतमा युग भुसालको शब्द तथा संगीत रहेको छ भने रुबाई र सरोदी कुमारको स्वर सुन्न सकिन्छ। गीतको मिक्सिङ तथा मास्टरिङ रूप महन्तले गरेका हुन् भने मुम्बईस्थित प्लेहेड स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)