प्रोटोन ई मास फाइभ सार्वजनिक, सुरुवाती मूल्य २९ लाख ९९ हजार
ictsamachar.com

काठमाडौं । मलेसियन कार ब्रान्ड प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा सार्वजनिक भएको छ । प्रोटोन ई मास फाइभ मंगलबार बिक्रीका लागि सार्वजनिक भएको हो । प्रोटोनको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले कार्यक्रमबीच ई मास फाइभ प्राइम र प्रिमियम गरी दुई भेरिएन्टमा उपलब्ध गराएको छ । यस ह्याचब्याक कारको मूल्य क्रमशः २९ लाख ९९ हजार र ३४ लाख ९९ हजार रुपैयाँ तय गरिएको छ ।
यसअघि प्रोटोनको ई मास सेभेन नेपाली बजारमा उपलब्ध गराइएको थियो । अहिले ई मास फाइभ रेयर ह्वील ड्राइभ अप्सनमा आएको छ । ह्याचब्याक सेगमेन्टमा रेयर ह्वील ड्राइभमा आएकाले ई मास फाइभ नेपाली उपभोक्तामाझ रोजाइमा पर्ने विद्युतीय कारमा रुपमा स्थापिन हुनेछ । सहरी जीवनशैली र दैनिक आवतजावतलाई ध्यानमा राखेर डिजाइन गरिएकाले ई मास फाइभ नेपाली उपभोक्ताको रोजाइमा पर्ने देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)