केयू उपकुलपतिका लागि ३५ जनाको आवेदन (नामसहित)
himalpress.com · Tue Jul 21 07:21:54 GMT 2026

काठमाडौँ- काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति पदका लागि ३५ जनाले आवेदन दिएका छन्। उपकुलपति छनोट तथा सिफारिस समितिले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३ अनुसार आवेदन आह्वान गरिएकोमा ३५ जनाको दरखास्त परेको हो।
आवेदन दिनेमा अध्यादेशमार्फत पदमुक्त गरिएका पूर्वउपकुलपति अच्युतप्रसाद वाग्ले पनि रहेका छन्। उनीसँगै सुबोध शर्मा, रोजी श्रेष्ठ, सागरराज शर्मा, कन्हैया झा, विकास नकर्मी, राजेन्द्र जोशी, शेषानन्द सञ्जेल, माधव लम्साल, विमप्रसाद श्रेष्ठ, एकराज ओझा, धिरज गिरी, राजेन्द्र ज्ञवाली र वेदमणि दाहालले पनि आवेदन दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)