सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
ratopati.com · Tue Jul 21 07:24:14 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेश दुध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख भएको छ। तर दुध उत्पादनको ठूलो हिस्सा भने अझै औपचारिक बजार प्रणालीमा जोडिन सकेको छैन।
बजार व्यवस्थापन कमजोर हुँदा किसानले उचित मूल्य, उद्योगले गुणस्तरीय कच्चा पदार्थ र उपभोक्ताले सुरक्षित दुग्धजन्य उत्पादनको लाभ लिन सकेका छैनन्। सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्डका अनुसार प्रदेशमा वार्षिक रूपमा तीन लाख ५६ हजार मेट्रिक टनभन्दा बढी दुध उत्पादन हुने गरेको छ। त्यसमध्ये ६१ प्रतिशतभन्दा बढी भैँसी र ३८ प्रतिशतभन्दा बढी गाईको दुधको हिस्सा छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)