साना नदीमा आकस्मिक बाढीको जोखिम
onlinekhabar.com · Tue Jul 21 07:24:34 GMT 2026

५ साउन, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न जिल्लाबाट बग्ने साना नदीमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को मध्यम जोखिम रहने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
झापा, उदयपुर, मकवानपुर, गोरखा, लमजुङ, जाजरकोट, दैलेख, कालिकोट, डोटी, डडेलधुरा र बैतडी तथा आसपासका जिल्लाबाट बग्ने साना नदीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)