अटिजमको पीडालाई पर्दामा उतारेका अरुण, ‘गौँथली’बाट दर्शकको मन जित्दै
ajakoartha.com · Tue Jul 21 06:50:00 GMT 2026

काठमाडौं– अभिनय केवल संवाद बोल्ने कला होइन, पात्रको जीवन बाँच्ने क्षमता पनि हो। यही क्षमताको प्रभावशाली उदाहरण बनेका छन् घोराही उपमहानगरपालिका–१८ निवासी गोपाल वेलबासे क्षेत्रीका छोरा अरुण क्षेत्री। उनी अभिनीत नेपाली कथानक चलचित्र ‘गौँथली’ प्रदर्शनसँगै दर्शक र समीक्षक दुवैबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।
चलचित्रमा अरुणले अटिजम भएका व्यक्तिको भूमिका निर्वाह गरेका छन्। चुनौतीपूर्ण र संवेदनशील पात्रलाई स्वाभाविक रूपमा प्रस्तुत गर्न सफल भएको भन्दै उनको अभिनयको व्यापक प्रशंसा भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)