जानकी मन्दिर पुगेका हर्क साम्पाङको विरोध, दर्शन नगरी फर्किए
baahrakhari.com · Tue Jul 21 07:22:58 GMT 2026

जनकपुरधाम । धनुषाको जनकपुरधामस्थित जानकी मन्दिर दर्शन गर्न पुगेका श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको विरोध गरिएको छ । मंगलबार (साउन ५) दिउँसो केही व्यक्तिले उनको विरोध गरेका प्रहरीले जनाएको छ ।
उनी आउने सूचनासँगै जानकी मन्दिर वरपर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो । साम्पाङका समर्थक तथा पार्टीका नेता पनि उनलाई स्वागत गर्न मन्दिर पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)