नर्वेको १२ स्थानको छलाङ, विश्वकपपछि फिफा वरीयतामा स्पेन फेरि शीर्षमा
nagariknews.nagariknetwork.com · Tue Jul 21 06:55:04 GMT 2026
विश्वकप २०२६ पछि सार्वजनिक गरिएको फिफा पुरुष विश्व वरीयतामा नर्वे सबैभन्दा धेरै स्थान सुधार गर्ने टोली बनेको छ। क्वार्टरफाइनलसम्मको प्रभावशाली यात्रापछि नर्वे १२ स्थान उक्लिँदै १९औँ स्थानमा पुगेको हो।
विश्वकप विजेता स्पेनले भने अर्जेन्टिनालाई पछि पार्दै फेरि विश्व वरीयताको शीर्ष स्थान कब्जा गरेको छ। फाइनलमा अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० ले हराउँदै स्पेनले दोस्रोपटक विश्वकप उपाधि जितेको थियो। यसअघि स्पेनले सन् २०१० मा दक्षिण अफ्रिकामा पहिलो विश्वकप जितेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)