शिविरमा इबोला फैलिन सक्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी
barnanmedia.com · Tue Jul 21 07:26:00 GMT 2026

संयुक्त राष्ट्रसङ्घले पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) का विस्थापित शिविरमार्फत इबोला फैलिने जोखिम बढेको चेतावनी दिएको छ । राष्ट्रसङ्घले आधारभूत सेवामा सीमित पहुँच, मानिसको भीडभाड लगायतका कारणले सङक्रमण फैलाउने वातावरण भएको उदृत गर्दै सङ्क्रमणको जोखिम अझै उच्च हुन सक्ने बताएको हो ।
मानवीय मामिला तथा समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालय (ओसिएइचए)ले हालको प्रकोपको केन्द्र बिन्दु इटुरी प्रान्तमा रहेका कम्तिमा १६ वटा विस्थापन शिविरमा इबोलाका घटना रिपोर्ट गरिएको पुष्टि गरेको छ भने यी शिविरमा दुई लाख ७० हजार भन्दा बढी विस्थापित आश्रय लिइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)