घाँटी अठ्याउने परेडेसको हर्कतपछि अर्जेन्टिनी टोलीलाई भारी जरिवाना र कडा सजायको तयारी!
barnanmedia.com · Tue Jul 21 07:31:07 GMT 2026
काठमाडौं: फिफा विश्वकप २०२६ को फाइनल खेलपछि मैदानभित्र भएको हिंसात्मक झडप र खेलाडीबीचको हातहालाहालको घटनालाई लिएर विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अर्जेन्टिनामाथि औपचारिक अनुशासनात्मक अनुसन्धान सुरु गरेको छ। स्पेनसँग १–० ले पराजित भएपछि अर्जेन्टिनी खेलाडीहरू र स्पेनका खेलाडीबीच भएको झडपको घटनाले विश्व फुटबलमा व्यापक चर्चा पाएको छ।
अमेरिकाको न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा सम्पन्न फाइनलमा स्पेनले अतिरिक्त समयमा गरेको निर्णायक गोलसँगै दोस्रो पटक विश्वकप उपाधि जितेको थियो। खेल समाप्तिको संकेत लगत्तै स्पेनिस टोलीले उपाधि उत्सव मनाइरहेका बेला मैदानमा तनाव चर्किएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)