पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
ratopati.com · Tue Jul 21 07:57:32 GMT 2026

पाकिस्तानमा गएको २४ घण्टामा वर्षासँग सम्बन्धित घटनामा कम्तिमा नौ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको जनाइएको छ । यो सँगै गत जुन –२६ देखि देशव्यापी मनसुनी वर्षा जन्य घटनामा मृत्यु हुनेको सङ्ख्या ४७ जना पुगेको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले जनाएको छ ।
आकस्मिक बाढीका कारण घर भत्किदा मृत्यु हुनेमा उत्तरपश्चिम खैबर पख्तुनख्वाका छ जना र कश्मीरका तीन जना रहेको एनडिएमएले उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)