सिक्किम सुरुङ दुर्घटनामा नौ जनाको मृत्यु
kendrabindu.com · Tue Jul 21 08:06:57 GMT 2026

नयाँदिल्ली । भारतको हिमाली राज्य सिक्किममा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा कम्तीमा नौ जना मजदुरको मृत्यु भएको छ भने अझै १५ जना सुरुङभित्र फसेका छन् । विषाक्त मिथेन ग्यासका कारण उद्धार कार्य कठिन बनेको अधिकारीहरूले मङ्गलबार बताएका छन् ।
दुर्घटना सोमबार टिस्टा नदीमा निर्माणाधीन सरकारी जलविद्युत् परियोजनाको सुरङमा भएको हो । त्यसबेला मजदुरहरू सुरुङ निर्माणको काम गरिरहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)