नेपाल-एफएओ सहकार्य विस्तारमा जोड, कृषि रूपान्तरण र खाद्य सुरक्षाका विषयमा छलफल
nepallive.com · Tue Jul 21 08:00:49 GMT 2026

काठमाडौँ – कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) की दक्षिण तथा त्रिपक्षीय सहयोग महाशाखाकी निर्देशक एवं महानिर्देशक कार्यालयकी क्याबिनेट उपनिर्देशक हुआ याङबीच कृषि क्षेत्रको सुधार र सहकार्य विस्तारका विषयमा छलफल भएको छ।
मंगलबार मन्त्रालयमा भएको भेटवार्ताका क्रममा नेपालमा खाद्य सुरक्षाको अवस्था सुधार, कृषि प्रणालीको आधुनिकीकरण, दिगो कृषि-खाद्य प्रणाली निर्माण तथा दक्षिण-दक्षिण र त्रिपक्षीय सहयोगका सम्भावनाबारे विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)