नेपालकै सबैभन्दा ठूलो विद्यार्थी ह्याकाथन ‘CodeFest 2026’ घोषणा, ३ लाखसम्मको पुरस्कार
nepalpress.com · Tue Jul 21 08:18:38 GMT 2026

काठमाडौं । नेपालमा प्रविधिको क्षेत्रमा क्रियाशील संस्था ‘Code for Change’ ले देशकै सबैभन्दा ठूलो विद्यार्थी नवप्रवर्तन तथा ह्याकाथन कार्यक्रम ‘CodeFest 2026’ को घोषणा गरेको छ । सातै प्रदेशका प्रतिभाशाली विद्यार्थीहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित दर्ता खुला गरिएको आयोजकले बताएका छन् ।
यस वर्षको CodeFest संयुक्त राष्ट्रसंघको ‘दिगो विकास लक्ष्य (SDGs)’ को थिममा आधारित रहनेछ । युवा नवप्रवर्तकहरूलाई प्रविधिमार्फत वास्तविक जीवनका चुनौतीहरूको समाधान खोज्न सशक्त बनाउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गर्न लागिएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)