जानकी मन्दिरबाट लेखेटिए हर्क साम्पाङका कार्यकर्ता
annapurnapost.com · Tue Jul 21 08:20:33 GMT 2026

जनकपुर : बिभिन्न हिन्दूवादी संघसंस्था आवद्ध युवाहरुले जनकपुरधामस्थित जानकी मन्दिर परिसर श्रम संस्कृति पार्टीका कार्यकर्तालाई लखेटेका छन्। पार्टी अध्यक्ष हर्क साम्पाङलाई स्वागत गर्न बसेका श्रम संस्कृति पार्टीका कार्यकर्ताहरुलाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेका हुन् ।
हिन्दू सम्राट सेनाले साम्पाङलाई ‘क्रिश्चियन धर्मको प्रचारक’ भएको आरोप लगाउँदै जानकी मन्दिर प्रवेश गर्न नदिने जनाएका थिए । सो क्रममा तनावको अवस्था सिर्जना भएपछि प्रहरीले हस्तक्षेप गरेर स्थीतिलाई नियन्त्रणमा लिएको थियो । त्यसलगतै हिन्दू सम्राट सेनाका कार्यकर्ताहरु प्लेकार्डसहित मन्दिरको बाहिर गेटमा बसेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)