चौतर्फी आलोचनापछि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता करबाट पछि हट्यो सरकार
lokaantar.com

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता शुल्क लागू नगर्ने बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि लागू नगर्ने निर्णय भएको जानकारी दिएका हुन् । 'निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आम मानिसले थप खर्च र निराशा भोग्नुपर्ने देखियो । यसैले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको छ,' उनले लेखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)