शिक्षा र स्वास्थ्यमा लगाइएको तीन प्रतिशत कर सरकारले लियो फिर्ता
annapurnapost.com · Tue Jul 21 08:58:00 GMT 2026

काठमाडौं : सरकारले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको तीन प्रतिशत समता कर फिर्ता लिएको छ । निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको तीन प्रतिशत समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आम मानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखिएको भन्दै सरकारले फिर्ता लिने निर्णय गरेको हो ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेका हुन् । वर्तमान सरकार जनताको विश्वास र अपेक्षाबाट बनेको जनमुखी सरकार भएको र सुशासन कायम गर्दै सबै नागरिकलाई गुणस्तरीय जीवनको अनुभूति गराउन यस्तो निर्णय गरिएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)