४५ वर्षदेखि जनताको स्वर गुञ्जाइरहेको ‘रक्तिम’
nepalpress.com · Sun Jun 28 05:36:22 GMT 2026

रुपन्देही । राजनीतिक रूपमा राष्ट्रिय जनमोर्चा र त्यसको वैचारिक केन्द्र नेकपा (मसाल) ले विगत केही दशकमा अनेक उतारचढाव भोगिरहेका छन् । आन्तरिक विवाद, विभाजन र संगठनात्मक संकुचनका कारण पार्टीको राजनीतिक प्रभाव पहिलेको जस्तो व्यापक रहन सकेन । तर, यही राजनीतिक धारसँग जोडिएको सांस्कृतिक मोर्चा ‘रक्तिम सांस्कृतिक अभियान’को लोकप्रियता भने कहिल्यै खुम्चिएन ।
जनवादी, प्रगतिशील र क्रान्तिकारी गीत–संगीतका माध्यमबाट जनताको मनमा बस्न सफल रक्तिमले चार दशकभन्दा लामो यात्रामा आफूलाई एउटा सशक्त सांस्कृतिक आन्दोलनका रूपमा स्थापित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)