तयारी पोसाक उद्योगलाई प्राथमिकता दिने प्रधानमन्त्रीको घोषणा, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलपमेन्ट काउन्सिल’ गठन गरिने
aarthiknews.com

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित कच्चा पदार्थमा आधारित गुणस्तरीय तयारी पोसाक (टेक्सटाइल) उद्योगको विकास र प्रवर्द्धनमा सरकारले विशेष जोड दिइरहेको बताएका छन्। नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग मंगलबार भएको छलफलमा उनले उद्योग विस्तारका लागि आवश्यक सबै प्रकारको सहजीकरण गर्न सरकार तयार रहेको प्रतिबद्धता जनाए।
छलफलका क्रममा प्रधानमन्त्री शाहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलपमेन्ट काउन्सिल’ गठनको प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित मन्त्रीलाई निर्देशन दिए। संघका पदाधिकारीले काउन्सिल गठनले स्वदेशी कच्चा पदार्थमा आधारित तयारी पोसाकको निर्यात प्रवर्द्धन र आयात व्यवस्थापनमा सहयोग पुग्ने बताएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)