कर फिर्ता लिएपछि प्रधानमन्त्री बालेनले भने- सरकारका सबै निर्णय जनताको हितमा गरिनेछन्
annapurnapost.com · Tue Jul 21 09:15:56 GMT 2026

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले सरकारले सबै निर्णयहरू नागरिकको हितमा गरिने बताएका छन्। मंगलबार निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर हटाउने निर्णय गरेपछि प्रधानमन्त्री बालेनले नागरिको हितलाई केन्द्रमा राखेर सबै निर्णय गरिने बताएका छन्।
'नागरिकको माग सुन्दै अगाडि बढ्न तथा समतामूलक समाज निर्माण गर्न हाम्रो प्रतिबद्धता अटल र स्पष्ट छ । सरकारका सबै निर्णय नागरिकको हितलाई केन्द्रमा राखेर गरिएका छन् र गरिने छन् । कुनै निर्णयप्रति नागरिक असन्तुष्ट भएमा त्यसलाई सुधार्न र परिमार्जन गर्न सरकार सधैं तयार रहनेछ,'प्रधानमन्त्री बालेनले फेसबुकमा लेखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)