टेक्सटाइल काउन्सिल गठन अघि बढाउन प्रधानमन्त्रीको निर्देशन, रुग्ण पोसाक उद्योग सञ्चालनमा जोड
nagariknews.nagariknetwork.com · Tue Jul 21 09:26:13 GMT 2026

तयारी पोसाक (टेक्सटाइल) उद्योगको विकास र निर्यात प्रवर्द्धनलाई गति दिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलपमेन्ट काउन्सिल’ गठन प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत काउन्सिल गठन गरी स्वदेशी कच्चा पदार्थमा आधारित तयारी पोसाकको उत्पादन, निर्यात प्रवर्द्धन र आयात व्यवस्थापनलाई प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)