एमालेसँग सहकार्यको वातावरण मिलाउन प्रदेशका नेताहरूलाई प्रचण्डको निर्देशन
nepalpress.com · Tue Jul 21 09:42:29 GMT 2026

रुपन्देही । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेशमा एमालेसँगै गठबन्धनको वातावरण बनाउन निर्देशन दिएका छन् । श्रीलंकाबाट फर्किएपछि उनले समीकरणबारे पार्टीभित्र र बाहिर छलफल चलाइरहेका छन् । प्रदेशका मुख्य नेतालाई काठमाडौं बोलाएर अवस्थाबारे जानकारी लिँदै दाहालले एमालेसँग गठबन्धन गरेर जानुपर्ने अवस्था रहेको बताएका छन् ।
नेकपा लुम्बिनी प्रदेशका संयोजक सुदर्शन बरालले केही दिनदेखि आफू काठमाडौं रहेको र शीर्ष नेताहरूसँगको छलफलमा प्रदेशमा एमालेसँगै गठबन्धनको निचोडमा पार्टी पुगेको सुनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)