देवेन्द्रराज पाण्डेको साधना स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति
shilapatra.com · Tue Jul 21 09:52:40 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा देवेन्द्रराज पाण्डेको निधनमा दुःख व्यक्त गर्दै समवेदना सन्देशन पठाएका छन् । समवेदना सन्देशमा राष्ट्रपति पौडेलले पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा रहेको उल्लेख गरे ।
उनले नेपालमा लोकतन्त्र स्थापना र पुनर्स्थापना तथा विभिन्न संघर्ष र आन्दोलनहरूमा नागरिक अगुवाका रूपमा उनले निर्वाह गरेको नेतृत्वदायी भूमिका सदा स्मरणीय रहिरहने बताए । राष्ट्रपति पौडेलले २०३६ सालको जनमत संग्रहभन्दा केही महिनाअघि सरकारको सचिव पदबाट राजीनामा दिएर पाण्डेले नेपालको लोकतान्त्रिक आन्दोलनका नागरिक अगुवाका रूपमा २०४६ सालदेखि २०६२/०६३ सालको आन्दोलनमा दिएको नेतृत्वदायी भूमिका आफ्नो मनसपटलमा अझै ताजा रहिरहेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)