सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र
ratopati.com · Tue Jul 21 10:05:29 GMT 2026

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–४ मा कानुन व्यवसायी तथा कला सर्जक विश्वम्भर लामिछानेले आफ्नै निवासमा स्थापना गरेको जराबुट्टा कला सङ्ग्रहालय आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।
खोला तथा बगरमा खेर जाने रुखका जरा र जराबुट्टालाई कलात्मक रूप दिई लामिछानेले करिब ३० वर्षदेखि सङ्कलन तथा सृजना गर्दै आएका छन्। हाल सङ्ग्रहालयमा झन्डै ३०० वटा कलाकृति राखिएका छन्, जसले देशप्रेम, मातृत्व, प्रकृतिप्रेम र सामाजिक सद्भावका सन्देश प्रवाह गर्ने गरेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)