गोंगबुको होटलमा युवती मृत फेला, हत्या आरोपमा दुई जना पक्राउ
onlinekhabar.com · Tue Jul 21 10:13:31 GMT 2026

५ साउन, काठमाडौं । काठमाडौंको गोंगबुस्थित मित्रनगरको माउन्टेन एक्सेल्सिभा होटलको कोठामा एक युवती मृत भेटिएको घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । साउन ३ गते बिहान ११ बजे होटलको चौथो तलाको ४०४ नम्बर कोठामा काठको पलङभित्र शव भेटिएको थियो ।
प्रहरीले अनुसन्धानबाट ती महिला कैलालीको धनगढी उपमहानगरपालिका-७ घर भई हाल काठमाडौं माछापोखरी बस्ने २५ वर्षीय निशा सुनार रहेको खुलेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)