होर्मुजमा युद्ध चर्कियो: अमेरिकाद्वारा इरानमाथि लगातार दशौँ रात आक्रमण, वार्ताको संकेतबीच तनाव कायम
kalakarmi.com · Tue Jul 21 10:10:23 GMT 2026

तेहरान– होर्मुज जल डमरूमध्य क्षेत्रमा अमेरिका र इरानबीचको सैन्य तनाव झन् चर्किँदै गएको छ । अमेरिका र इरानले एक–अर्काका सैन्य संरचना तथा रणनीतिक लक्ष्यहरूलाई निरन्तर निशाना बनाइरहेका बेला अमेरिकी सेनाले सोमवार राति इरानमाथि नयाँ चरणको हवाई आक्रमण गरेको छ। यो अमेरिकाले लगातार दशौँ रात इरानी सैन्य अखडामाथि आक्रमण गरेको हो ।