डा. देवेन्द्रराज पाण्डेको साधना स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा केन्द्रित थियो : राष्ट्रपति पौडेल
himalpress.com · Tue Jul 21 10:16:39 GMT 2026

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै उनको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा केन्द्रित रहेको बताएका छन्। शोकसन्तप्त परिवारका नाममा पठाएको समवेदना सन्देशमा राष्ट्रपति पौडेलले नेपालमा लोकतन्त्र स्थापना तथा पुनःस्थापनाका लागि भएका विभिन्न आन्दोलनमा नागरिक अगुवाका रूपमा डा. पाण्डेले निर्वाह गरेको नेतृत्वदायी भूमिका सधैँ स्मरणीय रहने उल्लेख गरेका छन्।
राष्ट्रपतिले २०३६ सालको जनमतसंग्रहअघि सरकारी सचिव पदबाट राजीनामा दिएर लोकतान्त्रिक आन्दोलनमा होमिएका डा. पाण्डेले २०४६ सालको जनआन्दोलनदेखि २०६२/६३ को जनआन्दोलनसम्म नागरिक नेतृत्वमा खेलेको भूमिका आफ्नो मानसपटलमा अझै ताजा रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)