अलपत्र कोल्ड स्टोर आयोजना : रास्वपा डोटीद्वारा मन्त्रालयसमक्ष छानबिन र कारबाहीको माग
nepalsamaya.com · Tue Jul 21 10:25:35 GMT 2026

धनगढी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटी जिल्ला समितिले जोरायल गाउँपालिकामा वर्षौंदेखि अलपत्र परेको कोल्ड स्टोर (चेम्बर) निर्माण आयोजना तत्काल सम्पन्न गर्न माग गर्दै सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ध्यानाकर्षण गराएको छ।
आर्थिक वर्ष २०७७/०७८ मा जोरायल गाउँपालिका-१ मा २० मेट्रिक टन क्षमताको उक्त कोल्ड स्टोर निर्माणका लागि ५० लाख ९१ हजार १२८ लागत अनुमान स्वीकृत भई ३९ लाख ७७ हजार ६६४ मा ठेक्का सम्झौता भएको थियो। २०७८ असार ३० गतेभित्र सम्पन्न हुनुपर्ने सो आयोजना चार पटकसम्म म्याद थप हुँदा पनि हाल करिब आधा मात्र सम्पन्न भएपछि रास्वपाले यसप्रति गम्भीर आपत्ति जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)