वैदेशिक रोजगारीका ठगीविरुद्ध घरबाटै अनलाइन उजुरी दिन सकिने
hamrakura.com · Tue Jul 21 00:00:00 GMT 2026
काठमाडौँ । वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिएका श्रमिकहरूलाई सहज रूपमा न्याय दिलाउने उद्देश्यले सरकारले अनलाइनमार्फत उजुरी दिन सकिने प्रणालीको कार्यान्वयन ल्याएको छ। अब पीडितहरूले ठगीसम्बन्धी उजुरीका लागि कागजात बोकेर वैदेशिक रोजगार विभाग धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालनमा ल्याइएको ‘उजुरी डोफे गभर्मेन्ट नेपाल’ नामक अनलाइन पोर्टलमार्फत अब घरमै बसी–बसी मोबाइल या कम्प्युटरबाट ठगीसम्बन्धी उजुरी दर्ता गर्न सकिनेछ। यही साउन १ गतेदेखि पूर्ण रूपमा लागू भएको यस प्रणालीमार्फत उजुरी दर्ता गर्नुका साथै आफ्नो मुद्दाको कारबाही प्रक्रिया कहाँ पुग्यो भन्ने बारेको विस्तृत जानकारीसमेत अनलाइनबाटै थाहा पाउन सकिने व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)