बालेन बसेको रिसोर्टमा ठूलो विवाद ! सूचना चुहिएको आरोपपछि ४ कर्मचारी हटाइए
barnanmedia.com · Tue Jul 21 10:45:24 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका क्रममा प्रधानमन्त्री बालेन शाह बसेको चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा सूचना चुहिएको विषयलाई लिएर आन्तरिक विवाद चर्किएको छ। विवादपछि जनरल म्यानेजरसहित चार जना कर्मचारी रिसोर्टबाट हटाइएको जनाइएको छ।
रिसोर्ट सञ्चालक ज्ञानेन्द्र खड्काले पाहुनासम्बन्धी गोप्य सूचना बाहिरिएको आरोप लगाएपछि उच्च तहका कर्मचारीसँग मतभेद भएको बताइएको छ। यसै विवादका कारण जनरल म्यानेजर रोशन पुरीसहित चार कर्मचारीले जिम्मेवारी छाडेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)