महत्वकांक्षी अर्थमन्त्रीलाई ठेस, पहिलो बजेट कार्यान्वयनमा पहिलो गाँसमै ढुंगा
corporatenepal.com · Tue Jul 21 10:52:30 GMT 2026

काठमाडौं । अन्य अर्थमन्त्रीको तुलनामा आफूलाई महत्वकांक्षी ठान्दै आएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पहिलो बजेट कार्यान्वयनको पहिलो गासमै ढुंगा लागेको छ । अर्थात् सरकारले निजी शिक्षा र स्वास्थ्य सेवामा लगाएको तीन प्रतिशत अतिरिक्त शुल्क (कर) हटाएको छ ।
आर्थिक ऐन, २०८३ मार्फत निजी शिक्षा र स्वास्थ्य सेवामा साउन १ गतेदेखि लागू हुने गरि अतिरिक्त तीन प्रतिशत कर लगाइएको थियो । त्यस अन्तरगत रहेर निजी अस्पतालले एम्बुलेन्स र शव वहानमा समेत कर लगाएका थिए । त्यसपछि सरकारले शवमा पनि कर लिन लाग्यो भनेर यसको चर्काे आलोचना भएको थियो । त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाहले आज फेसबुक मार्फत निजी शिक्षा र स्वास्थ्य सेवामा लगाएको तीन प्रतिशत कर हटाएको जानकारी दिएका छन् । बजेट कार्यान्वयनमा प्रवेश गरेको पाँच दिनमै उक्त व्यवस्था फिर्ता लिन सरकार बाध्य भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)