अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने
kendrabindu.com · Tue Jul 21 11:03:47 GMT 2026

काठमाडौं। के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको छ ? आफू ठगिएको थाहा पाएपछि उजुरीको कागजात बोकी वैदेशिक रोजगार विभागमा धाउनुभएको छ वा धाउनुबारे सोच्नुभएको छ ? यदि त्यसो हो भने अब उजुरीका लागि कार्यालय धाउनुपर्ने अवस्था छैन ।
सरकारले अनलाइनमार्फत नै उजुरी गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । ‘उजुरी डोफे गभर्मेन्ट नेपाल’ नामक अनलाइन पोर्टलमार्फत अब घरमै बसेर ठगीसम्बन्धी उजुरी दिन सकिने भएको छ । अनलाइनमार्फत उजुरी दिने मात्रै होइन, त्यो उजुरीको कारबाही प्रक्रिया कहाँ पुगेको छ भन्ने समेतको विस्तृत जानकारी हातको अनलाइनबाटै थाहा पाइने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)