रास्वपा नेताबाहेकको मात्रै सम्पत्ति छानबिन गर्छौं भन्न पाइँदैन : दाहाल
baahrakhari.com · Tue Jul 21 10:58:28 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता लेखनाथ दाहालले सम्पत्ति छानबिन कानुनअनुसार सबै व्यक्तिमाथि समान रूपमा हुनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले चयनात्मक रूपमा छानबिन गर्न नहुने बताएका हुन् ।
उनले रास्वपाका नेता, पूर्वसैनिक र पूर्वन्यायाधीशबाहेकको मात्रै सम्पत्ति छानबिन गर्न सरकारले आयोग बनाएको दाबी गरे । सरकारले बनाएको छानबिन आयोग असंवैधानिक रहेको उनको भनाइ छ । राज्यका संवैधानिक तथा कानुनी निकायलाई प्रभावमुक्त बनाएर काम गर्न दिनुपर्नेमा उनले जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)