अरुणिमा शैक्षिक प्रतिष्ठानमा कक्षा ११ का विद्यार्थीलाई स्वागत, उत्तीर्णलाई सम्मान र बिदाइ कार्यक्रम सम्पन्न
ajakoartha.com · Tue Jul 21 11:02:00 GMT 2026

काठमाडौं– अरुणिमा शैक्षिक प्रतिष्ठानको आयोजनामा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको स्वागत तथा कक्षा १२ को बोर्ड परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि बिदाई एवं सम्मान समारोह आयोजना गरिएको छ ।
समारोहको उद्घाटन विज्ञान संकायका प्रमुख श्यामलाल घिसिङ तथा कक्षा १२ का विद्यार्थीद्वय रोसन सुनार र अर्पणा मोक्तानले संयुक्त रुपमा गरेका थिए । समारोहमा विज्ञान संकायबाट ३.८६ जी.पि.ए ल्याई विद्यालय टपर भएका छात्र आराध्य दाहाल र व्यवस्थापन संकायबाट ३.८१ जी.पि.ए प्राप्त गरी सर्बोत्कृष्ट बन्नुभएकी छात्रा डोमा शेर्पालाई नगद पुरस्कार सहित सम्मान गरियो ।