बैतडीमा एक महिनामै मोबाइल बैंकिङ स्क्यामका ११ उजुरी, शिक्षित वर्ग नै सिकार
onlinekhabar.com · Sun Jun 28 05:47:19 GMT 2026

१४ असार, बैतडी । बैतडीमा मोबाइल बैंकिङ तथा सामाजिक सञ्जालमार्फत हुने डिजिटल ठगीका घटना बढ्दै गएका छन् । जेठ महिनामा मात्रै मोबाइल बैंकिङ ह्याक गरी आठ लाख रुपैयाँभन्दा बढी रकम ठगी भएको भन्दै ११ वटा उजुरी परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक भुवन तिमिल्सेनाका अनुसार बैंक खाता जोखिममा रहेको, केवाईसी अद्यावधिक गर्नुपर्ने, पासवर्ड परिवर्तन गर्नुपर्ने वा अनलाइन सामान खरिदसम्बन्धी बहानामा फिसिङ लिंक पठाएर ठगी गर्ने क्रम बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)