सरकारी जग्गा धितो राखी निजी मेडिकललाई १ अर्ब ३५ करोड ऋण, मेघा बैंक धरापमा
bishowkhabar.com · Tue Jul 21 11:13:47 GMT 2026

काठमाडौं– संघीय सरकारको स्वामित्वमा रहेको भरतपुर अस्पतालको नाममा रहेको सरकारी जग्गा धितो राखेर निजी मेडिकल कलेजले बैंकबाट अर्बौं रुपैयाँ ऋण लिएको दाबी सार्वजनिक भएपछि यस प्रकरणले गम्भीर कानुनी, प्रशासनिक र वित्तीय प्रश्नहरू उठाएको छ ।
सार्वजनिक दाबीअनुसार, भरतपुर अस्पतालको नाममा रहेको करिब ३० बिघा ११ कठ्ठा ६ धुर सरकारी जग्गा धितोका रूपमा देखाई कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज)ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट १ अर्ब ३५ करोड ६ लाख २३ हजार रुपैयाँ ऋण लिएको उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)