समता शुल्क खारेजको स्वागत गर्दै गगन थापाले भने- बिजुलीको भ्याटसहित अव्यावहारिक कर पनि हटाऊ
himalpress.com · Tue Jul 21 11:22:44 GMT 2026

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णयको स्वागत गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै थापाले उक्त व्यवस्था सुरुदेखि नै अनुपयुक्त रहेको भन्दै आफूहरूले प्रारम्भदेखि नै यसको विरोध गर्दै आएको बताएका छन्।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको सल्लाहमा शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता शुल्क फिर्ता लिने निर्णय सार्वजनिक गरेपछि प्रमुख प्रतिपक्षी दलका सभापति थापाको यस्तो प्रतिक्रिया आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)