पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा ‘मुल्तबी’मा राख्ने माग अदालतद्वारा अस्वीकार
baahrakhari.com · Tue Jul 21 11:23:31 GMT 2026

काठमाडौं । भ्रष्टाचार मुद्दा चलाइएका पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. रामशरण महतको मुद्दामा तत्काल कारबाही रोक्ने गरी मुल्तबीमा राख्न गरिएको अनुमतिको माग विशेष अदालतले अस्वीकार गरेको छ ।
न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा भएको सुनुवाइपछि मुद्दा मुल्तबीको माग अस्वीकार गरिएको हो । नेता महत ‘फ्रन्ट टेम्पोरल डिमेन्सिया’ रोगबाट गम्भीर रूपमा मानसिक तथा शारिरीक रूपमा अशक्त भई स्मरण शक्ति हराएको भन्दै महत पत्नी रोशनी महतले अदालतमा निवेदन दिएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)