'जाने हो?' : बसपार्कको बाथरुम ट्र्याप, लाख रुपैयाँको लुट र पलङमुनि लुकाइएको लाश!
canadanepal.com · Tue Jul 21 11:29:38 GMT 2026

काठमाडौँ- असार ३१ गतेको दिउँसो। नयाँ बसपार्कको भीडभाडमा पोखराबाट काठमाडौँ ओर्लिएका दैलेखका २७ वर्षीय रमेश बुढाको झोलामा एक लाख रुपैयाँ थियो— महिनाौँ पोखरामा पसिना बगाएर कमाएको रकम। घर फर्किने तरखरमा रहेका रमेशलाई बसपार्क ओर्लिनासाथ एक अपरिचित २५ वर्षीया युवतीले अघि बढेर सोधिन्, 'जाने हो?'
रमेश मञ्जुर भए। युवतीले नजिकैको गेस्टहाउस पुर्याइन्। तर कोठामा छिर्नेबित्तिकै ती युवतीको रणनीति अर्कै थियो।