प्रधानमन्त्री र अर्थमन्त्रीबीच हिजो भएको थियो घनिभूत छलफल, स्टाटसको ड्राफ्टसमेत आदानप्रदान
nepalpress.com · Tue Jul 21 11:35:55 GMT 2026

काठमाडौं । शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर हटाउने सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच हिजो समझदारी भएको खुलेको छ । अर्थमन्त्री डा. वाग्लेले प्रधानमन्त्री कार्यालयमा शाहसँग एक घण्टा लामो छलफल गरेका थिए ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार वान टु वान छलफलको मुख्य विषयमा शिक्षा र स्वास्थ्यमा लगाइएको करलाई लिएर भइरहेका आलोचनामाथि केन्द्रित थियो । कर खारेजीसँगै समता कोषका लागि आर्थिक स्रोत कसरी जुटाउन सकिन्छ भन्ने विषयमा पनि छलफल भएको स्रोतले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)