आत्महत्या गर्नु अगाडि कपडा व्यापारीले विष सेवन गरेको आशंका
kalakarmi.com · Tue Jul 21 11:54:17 GMT 2026

काठमाडौं– काठमाडौंको बौद्ध क्षेत्रका कपडाका एक थोक व्यापारी नवीन जिन्दलको आफ्नै घरको चौथो तलाबाट हामफालेर मृत्यु भएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा उनले विष सेवन गरेपछि घरको बार्दलीबाट हामफालेको हुन सक्ने आशंका गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार घटना सोमवार साँझ काठमाडौं महानगरपालिका–७, बौद्धको चुच्चेपाटीस्थित भाटभटेनी सुपरस्टोर पछाडि रहेको जिन्दलको आफ्नै घरमा भएको हो। उनी घरको चौथो तलाको बार्दलीबाट हामफालेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)