काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा ३५ जनाको आवेदन पर्दा महिला एक जना मात्रै
shilapatra.com · Tue Jul 21 11:55:58 GMT 2026

काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिका लागि ३५ जनाको आवेदन परेको छ । उपकुलपति छनोट तथा सिफारिस समितिका अनुसार केयूको उपकुलपति पदका लागि ३५ जनाले आवेदन दिएका हुन् ।
३५ जनाको आवेदन पर्दा एक जना मात्रै महिलाको आवेदन परेको छ । आवेदन दिनेमा रोजी श्रेष्ठ रहेकी छन् । यसअघि उनले पूर्वाञ्चल र पोखरा विश्वविद्यालयको उपकुलपति पदका लागि पनि आवेदन दिएकी थिइन् । सो पदका लागि आवेदन स्वीकृत भए पनि सर्ट लिस्टमा भने परिनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)