एमालेले भन्यो- विष्णु पौडेलको पक्राउ ओलीमाथि लगाइएको प्रतिशोधी गिरफ्तारीको अर्को रूप हो
nepalpress.com · Sun Jun 28 05:57:19 GMT 2026

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति आपत्ति जनाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पुष्पराज कँडेलले राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको भन्दै आपत्ति जनाए।
उनले भने, ‘उहाँलाई गत निर्वाचनमा उहाँका प्रतिस्पर्धी र अर्का वर्तमान प्रधानमन्त्रीलाई गत निर्वाचनमा गाडी उपलब्ध गराउने व्यक्तिको पोलको आधारमा समातिएको भन्ने समाचारहरू आएका छन्। उहाँको गिरफ्तारी गत चैतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माथि लगाइएको प्रतिशोधी गिरफ्तारीको अर्को रूप हो।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)