काठमाडौंको अधिकांश ठाउँमा बढ्यो जग्गाको मूल्य, बल्खुदेखि बनस्थलीसम्म भने घट्यो
khabarhub.com · Tue Jul 21 12:11:48 GMT 2026

काठमाडौं – आर्थिक वर्ष २०८३-८४ का लागि काठमाडौंका विभिन्न क्षेत्रमा जग्गाको सरकारी मूल्याङ्कनमा हेरफेर भएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको न्यूनतम मूल्य निर्धारण समितिले साबिकको दररेटमा परिमार्जन गर्दै नयाँ मूल्य निर्धारण गरेको हो ।