तनहुँमा बस दुर्घटना, १५ जना घाइते
himalpress.com · Tue Jul 21 12:15:48 GMT 2026

तनहुँ- तनहुँको व्यास नगरपालिका-७ स्थित कलेस्ती पुलमा मंगलबार यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको नेपाल प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अपराह्न ३ः१५ बजे कलेस्तीबाट दमौलीतर्फ आउँदै गरेको ग१ख ६४६५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा कलेस्ती खोलाको पुलमा ठोक्किएर दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)