प्रदुषण गरेको भन्दै हुलास स्टिलसहितका उद्योगमाथि रु. १०–१० लाख जरिवाना
corporatenepal.com · Tue Jul 21 12:44:45 GMT 2026

काठमाडौं । प्रदुषण गरेको भन्दै सरकारले जगदम्बा स्टिल इन्डस्ट्रिज लि, हुलास स्टिल इन्डस्ट्रिज प्रा.लि., शिवशक्ति घिउ उधोग प्रालि, सुशील बनस्पति प्रा.लि., अन्नपुर्ण भेजिटेबल प्रोडक्ट्स लगायतका उद्योगलाई रु. १०–१० लाख जरिवाना गरेको छ ।
साथै, सरकारले वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको सिर्सिया नदी प्रदूषण नियन्त्रणमा कडाइ गरेको छ । सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूलाई प्रदूषण नियन्त्रण गर्न करिब एक महिनाको समय दिँदै मन्त्रालयले सूचना जारी गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)