सिंहदरबारको मूल गेटमा धर्नामा बसेकी बिनु यादव र मन्त्री बादीबीच भेटवार्ता
lokaantar.com

सिंहदरबारको मूल प्रवेशद्वारमा विगत आठ दिनदेखि धर्नामा रहेकी बिनु यादवसँग महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिकसुरक्षा मन्त्री सीता बादीले भेटवार्ता गरेकी छिन् ।
मंगलबार सिंहदरबारमा भएको भेटवार्तामा बिनु यादवले आफ्नो मुद्दासँग सम्बन्धित न्यायिक प्रक्रिया, स्वास्थ्य अवस्था, जीविकोपार्जन तथा आफूले उठाउँदै आएका अन्य मागका विषयमा मन्त्रीसमक्ष आफ्ना धारणा राखेकी थिइन् ।