तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
ratopati.com · Tue Jul 21 13:06:10 GMT 2026

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले निजी विद्यालयलाई शिक्षा समता शुल्क तीन प्रतिशत नलिने निर्णय कार्यान्वयन गर्न आग्रह गरेकाे छ। शिक्षा मन्त्रालयमा प्याब्सन, ऐन प्याब्सन, हिसानसहितकाे छलफलमा मन्त्री सस्मित पोखरेलले यस्तो आग्रह गरेका हुन्।
छलफलमा शिक्षा मन्त्री पोखरेलले शिक्षा विधेयक लगायत विषयमा छलफल गर्दा निजि विद्यालयलाई समेत सहभागी गराउने प्रतिबद्धता व्यक्त गरे। बैठकपछि प्याब्सनका महासचिव आरबी कटुवालले तीन प्रतिशत समता शिक्षा कर, पाठ्यक्रम फ्रेमवर्क, शिक्षा विधेयक, शिक्षा नियमावली लगायतका सन्दर्भमा कुराकानी भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)