‘गौँथली’लाई दर्शकको साथ, सिनेमाका दृश्य सामाजिक सञ्जालमा सार्वजनिक नगर्न निर्देशक रिजालको आग्रह
kendrabindu.com · Tue Jul 21 13:05:47 GMT 2026

काठमाडौं । चलचित्र ‘गौँथली’ले बक्स अफिसमा आफ्नो उपस्थिति बलियो बनाउँदै सकारात्मक व्यापारिक लय समातेको छ । प्रदर्शनको सुरुवाती दिन (शुक्रबार) औसत व्यापार गरेको यस चलचित्रले शनिबार र आइतबार भने अपेक्षाभन्दा उत्कृष्ट व्यवसाय गर्न सफल भएको निर्माण टिमले जनाएको छ ।
सिनेमाको रिलिज ताका विश्वकप फुटबलको माहोल र निरन्तरको वर्षातका कारण हलसम्म दर्शक आउन कठिन हुने अनुमान गरिए पनि ‘गौँथली’ हेर्न दर्शकहरूको उत्साहजनक उपस्थिति देखिएको छ । दर्शकको चाप बढेसँगै हल सञ्चालकहरूले पनि चलचित्रको शो सङ्ख्यामा क्रमशः वृद्धि गर्दै लगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)